१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एकैदिन ९ हजार ८४१ जना डिस्चार्ज, ६ हजार ९५१ संक्रमित थपिए



काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३१३ जनाको पीसीआर परीक्षणमा ६ हजार ८५५ र ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ जना गरी कुल ६ हजार ९५१ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ९ हजार ८४१ जना संक्रमित निको भएका छन् । निको हुने दर ७८।१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  ४ : २२ बजे