१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज १४ औँ गणतन्त्र दिवस, जनतामा निरासा र खिन्नता मात्रै !



काठमाण्डौ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १४ वर्ष पूरा भएको छ । दोस्रो जनआन्दोलन २०६२÷६३ को जगमा भएको चुनावबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । संघीय गणतन्त्र स्थापना पछिका १४ वर्ष सोचेजति र नागरिकले आशा गरे अनुसार उपलब्धि हासिल नभएको विश्लेषकले बताएका छन् ।

यो १४ बर्षमा जनतामा निरासा र खिन्नता मात्रै छाएको छ । कतिपयले गणतन्त्र नै धरापमा परेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ०६ बजे