१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

बजेट भाषणः सुरक्षाकर्मीको रासन भत्ता १५ प्रतिशतले बढ्यो



काठमाडौं ।
सरकारले सुरक्षाकर्मीको रासन भत्ता बढाएको छ । देशमा शान्ति, सुरक्षा कायम गर्ने काममा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढाउने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ४९ बजे