६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

लुम्बिनी उपचुनावः मतदान सकियोे, तीन मत खसेन



दाङ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेको उपचुनावमा अहिलेसम्म दुई सय ९७ मत खसेको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म दुई सय ९७ मत खसेको हो ।

जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले चुनाव बहिष्कार गर्नुभयो । अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौमा रहेकाले मतदान गर्न नआएको जनाइएको छ । प्रदेश सभा सदस्य ८३ जनाले नै मतदान गरेका छन । पालिकातर्फको तीन मत नखसेको हो ।

३ बजेसम्म मतदानको समय राखिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ३ : ०४ बजे