६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

बर्दियाः पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु



बर्दिया ।
बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो ।

थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल(भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएको छ। दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  ७ : ५२ बजे