२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

खोलामा डुबेर दाङमा ५ वर्षीया बालिकाको मृत्यु



दाङ ।
लमही नगरपालिका वडा नम्बर ७ कमानपुर निवासी ५ वर्षीया बालिका इन्दु चौधरीको नुहाउने क्रममा अर्जुनखोलामा डुबेर मृत्यु भएको छ।

अर्जुन खोलामा साथीहरुसँग नुहाउन गएकी इन्दुको खोलामा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।

बुधबार बिहान बुवाआमा काममा निस्किएको समयमा इन्दु साथीहरुसँग नुहाउन गएकी थिइन्। बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८ बुधबार ००:००  ३ : ४७ बजे