१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिद्धार्थ क्याम्पसका प्राध्यापक दिलु श्रेष्ठको निधन



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको सिद्धार्थ क्याम्पसका प्रध्यापक दिलु श्रेष्ठको निधन भएको छ । श्रेष्ठको शुक्रबार मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

श्रेष्ठको बुटवलको क्रिमशन अस्पतालमा गत २ हप्तादेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनलाई कोरोना संक्रमणकाका कारण अस्पताल भर्ना गरिएको थियो ।

वाणगंगा १ बठानपुर निवासी श्रेष्ठको श्रीमती, १ छोरा, एक छोरी रहेका छन् । श्रेष्ठ कपिलवस्तुमा नेपाली बिषयका लोकप्रिय शिक्षकका रुपमा परिचित थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८ शुक्रबार ००:००  १ : ४८ बजे