१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

स्वर्गीय दिलु श्रेष्ठका परिवारद्धारा घोत, फलफूल ल्याएर कष्ट नगरिदिन आग्रह



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुकै शैक्षिक धरोहर स्वर्गीय दिलु श्रेष्ठका परिवारले घोत, फलफूल ल्याएर कष्ट नगरिदिन आग्रह गर्नु भएको छ ।

दाजुको निधनले स्तब्ध परिवारका एक सदस्य, श्रेष्ठका भाइ कृष्ण श्रेष्ठले कोरोना महामारी भएको बेला घोत, फलफूल ल्याउन ठिक नहुने भन्दै सामाजिक संजाल फेसबुक मार्फत् यो कुराको आग्रह गर्नु भएको हो ।

दाजुको निधनमा सहानुभुति र सहयोग गर्ने सबैलाई धन्यबाद उहाँले लेख्नु भएको छ ‘मैले एउटा प्रिय दाजु अनि कुसल अभिभावक गुमाएँ । यो दुःखद घडीमा सम्पुर्ण साथ र सहयोग गर्नु हुने सबैलाई धन्यवाद र सबैलाई मेरो अनुरोध कृपया यो कोरोना माहामरीको समयमा कसैले पनि घोत, फलफूल ल्याएर कष्ट नगरिदिनु होला ।

४२ स्वर्गीय श्रेष्ठको कोरोनाको कारण शुक्रबार निधन भएको थियो । उहाँका आमाबुबा, श्रीमती, दुई छोराछोरी, दुई भाइ, र एक बहिनी छन् । श्रेष्ठको घर बाणगंगा १ वैरियामा छ । स्वर्गीय श्रेष्ठ आफैमा विद्वान हुनुहुन्थ्यो भने उहाँको परिवार पनि कति चेत भएको र शिक्षित रहेछ भन्ने कुरा यो आग्रहले पनि पुष्टि गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८ शनिबार ००:००  १० : ३५ बजे