८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङमा ६ जना जुवाडे पक्राउ



दाङ ।
जुवातास खेलिरहेको अवस्थामा दाङमा होटल सञ्चालकसहित ६ जना फक्राउ परेका छन्। उनीहरुको साथबाट करिब डेढ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१५ का ४१ वर्षीय सुधीर न्यौपाने, ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भीम खत्री, २४ वर्षीय होमराज रोका र होटल सञ्चालक २९ वर्षीय दीपक थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

शनिबार साँझ करिब ६ बजेतिर घोराही–१५ स्थित गौरिदीप होटलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनीहरूको साथबाट १ लाख ३९ हजार नगद, जुवा खेल्न प्रयोग भएको १ गड्डी तास समेत बरामद गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८ आइतबार ००:००  ३ : ३४ बजे