६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

स्कटल्याण्डले इंग्ल्यान्डलाई बराबरीमा रोक्यो



एजेन्सी ।
१६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ । वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।

खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो । पहिलो हाफको १२ औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।

यस बराबरीसँगै समूह ‘डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।

स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ । पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८ शनिबार ००:००  ६ : ३८ बजे