१९ जेष्ठ २०८१, शनिबार | Sat Jun 1 2024

कपिलवस्तुमा दुई बर्ष देखि ढलेका पिलर अझै उठेनन्



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल भारत सिमानामा रहेका कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित चिराइ नदीका ८ बटा पिल्लर ढलेको २ वर्ष वित्नै लाग्दा समेत पुन निर्माण हुन सकेका छैनन् ।

कपिलवस्तुको सुदुर पश्चिम विजयनगर गाउँपालिका ७ ठाकुरापुरस्थित नेपाल भारत सिमानामा पर्ने चिराइ नदीले ८ बटा पिल्लर २ बर्ष अगाडी ढलाएको थियो । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चिराइ नदीमा बाढी आउँदा सीमा आसपासका ८ बटा पिल्लर पहिला देखिए पनि पुर्ननिर्माण नहुँदा कतिपय भासिएको प्रहरीले जनाएको छ ।

नदीले ५ सय ७७-७ देखी ५ सय ७८-१० लगायतका गरी ८ वटा पिल्लर दुई वर्ष अगाडी ढलाएर कतिपय बगाएको हो । कमशल निर्माण सामग्रीको प्रयोग र भारी वर्षाका कारण नदिका पिल्लर पानीले बगाएको विजनगर गाउँपालिकाले जनाएको छ ।

भारी बर्षासँगै विश्व महामारीका रुपमा फैलिएको कोरना भाइरसको कारण निषेधाज्ञाले गर्दा नेपाल भारत सिमा निर्धारण टोलीले काम गर्न नसकेको शसस्त्र सिमासुरक्षा अधिकारीको दावी छ ।

चार बर्ष पहिला सिमा निर्धारण टोलीले कपिलवस्तु र सिद्धार्थनगर जिल्लाका दर्जन बढि जिर्ण पिल्लर निर्माण गरेका थिए ।

नदीले बगाएका पिल्लर कोरना भाइरसको महामारी नियन्त्रणमा आएपछि दुवै देशका सीमा निर्धारण टोलीको सहभागीतामा पुन निर्माण गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो विषयमा मायादेवी अनलाइनले एक बर्ष पहिला सरकारवालाको ध्यानाकर्षण गराउँदै स्थलगत रिर्पोटिङ पनि गरेको थियो ।

स्थलगत रिर्पोटिङ-भाग १
स्थलगत रिर्पोटिङ-भाग २

प्रकाशित मिति : १४ असार २०७८ सोमबार ००:००  ८ : ५८ बजे