३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

कृष्णनगरमा यसरी मनाइयो धान दिवस (तस्बीरहरु)



अजय मिश्र, कृष्णनगर ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा पनि राष्ट्रिय धान दिवस मनाईएको छ । मंगलबार एक कार्यक्रम गरि १८ औं राष्ट्रिय धान दिवस मनाइएको हो ।

कृष्णनगर नगरपालिका कृषि शाखाको आयोजना तथा श्री गणेश बहुउद्देशीय कृषक समूहको सहयोगमा ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्मनिर्भता र समृद्धि’ भन्ने नाराका साथ १८ औं धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । कार्यक्रमको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले उद्धघाटन गर्नुभयो ।

कार्यक्रममा मेयर शाह, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी, वडाध्यक्षहरू, कर्मचारी, खेतमा गएर रोपाई गरेका थिए । रोपाई पश्चात दही चिउरा खाएर धान दिवस मनाएको छ । कार्यक्रमको संचालन कृषि शाखा कृष्णनगरका अधिकृत सुदिप कुमार मोर्यले गर्नुभएको थियो ।

प्रत्येक वर्षको असार १५ गते खेतमा काम गरी दही चिउरा खाएर धान दिवस मनाउने प्रचलन रहेको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन् ।

No description available.
No description available.No description available.

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  ३ : २२ बजे