७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दाङमा बुधबारदेखि सार्वजनिक यातायात चल्ने



दाङ ।

दाङमा बुधबारदेखि सार्वजनिक यातायात चल्ने भएका छन्।
मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो।
भोलि बुधबारदेखि लागू हुने गरी दाङ जिम्लाभरमा निजी र सार्वजनिक सवारीसाधन चल्न पाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले जानकारी दिए।
कुरूङ्वाङका अनुसार जिल्लामा सरकारी कार्यालय, बैंक र बित्तीय सस्थामा कार्यालय अवधिभर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन्। त्यस्तै दाङको बजार दैनिक रुपमा बेलुकी ६ बजेसम्म खोल्ने निर्णय भएको प्रजिअ कुरुम्बाङ्गले बताए।
जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले जिल्लामा निधेषाज्ञा थप एक साता लम्ब्याउँदै असार २२ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  ४ : १८ बजे