३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

२४ घण्टामा २ हजार ६ सय ३६ जनामा सङ्क्रमण, ४ हजार ३ सय ४८ जना निको



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई सय ५९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय २८ जना र चार हजार चार सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय आठ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ६ लाख ३६ हजार नौ सय १६ जना र एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ३३ हजार नौ सय ४१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४८ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै अहिलेसम्म नेपालमा पाँच लाख ९२ हजार ५ सय ३५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर ९३ प्रतिशत पुगेको छ । गएको २४ घण्टामा र प्राप्त विवरणसहित कोरोनाबाट थप २० जनाको ज्यान गएको छ । योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ७१ पुगेको छ । अहिले नेपालमा ३५ हजार तीन सय १० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  ५ : १७ बजे