२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सहकारीको करोडौ रकम हिनामिना गाउँपालिका अध्यक्षसहित २० जना विरुद्ध अदालतको पक्राउ पुर्जी



दाङ ।

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको अरोपमा गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले आदेश गरेको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीले उनीहरुलाई पक्राउ गरि अदालतमा पेश गर्न आदेश जारी गरेको बताउनु भयो । ३५ दिने पक्राउ पूर्जी जारी गरिएको भन्दै यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टाँगिने बताउनु भयो ।

सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । पक्राउ परेका पाँच जनामध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  १२ : ५४ बजे