२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

दाउन्नेको पहिरो हटाएपछि यातायात सञ्चालन



नवलपरासी पूर्व ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा खसेको पहिरो हटाइएको छ । पहिरो हटाएसँगै यातायात सञ्चालन भएको छ । बर्दघाट दुम्कीवास खण्डको ध्यू खोलानजिक खसेको पहिरो हटाएपछि केही बेर अघिदेखि यातायात सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
लगातारको वर्षाले दाउन्नेको ठाउँठाउँमा पहिरो खसेका कारण राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । त्यस्तै दाउन्ने खण्डमा पक्की सडक फराकिलो बनाउने क्रममा सडक हिलाम्य भएको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  १२ : ५९ बजे