१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

राम शुभागे थारुले पाए ‘लायन अफ दि इयर’ को अवार्ड



मायादेवी अनलाइन, चारनम्बर ।

लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२१ । २०२२ का तृतीय उपाध्यक्ष राम शुभागे थारुले ‘लायन अफ दि इयर’ को अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । क्लवको बाणगंगामा भएको चौथो पद हस्तान्तरण कार्यक्रममार्फत् थारुलाई उक्त अवार्ड दिइएको हो । लायन्स क्लवका सेकेण्ड भिडिजी तथा प्रमुख अतिथि नवराज न्यौपानेले थारुलाई अवार्ड हस्तान्तरण गर्दै बधाई र शुभकामना दिनुभएको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुका बर्ष २०२० । २१ का अध्यक्ष लायन सुरेन्द्र घिमिरेले बर्षभरीको कार्यसम्पादनको मुल्याङ्कन गर्दै सो अवार्ड दिइएको बताउनु भयो । उहाँका अनुसार आफ्नो कार्यकालमा सचिवको रुपमा रही थारुले अहोरात्र काम गरेका, जतिबेला पनि क्लवलाई समय दिएको, संस्थागत विकासको लागि अरु सदस्यले भन्दा राम्रो काम गरेकाले सो अवार्ड बिभिन्न सिर्जनात्मक काम गरेको हुनाले अवार्ड दिइएको हो ।

संस्थामा काम गरेका साथीलाई प्रोत्साहन गर्नु पर्ने र काम नगर्नेलाई निरुत्साहित या पद घटुवा गर्ने संस्कारको विकास गर्न आफूले यस खालको अवार्डको सुरवात गरेको घिमिरेले बताउनु भयो । यसो गर्दा संस्थाको सकारात्मक विकासको लागि सदस्यमा प्रतिस्पर्धाको भावना जागृत हुने घिमिरेको विश्वास छ ।

घिमिरेले अन्य क्षेत्रमा पनि उत्कृष्ट काम गर्ने, सहयोग गर्ने सबैलाई मायाको चिनोले सम्मान गर्नु भएको थियो ।यसैबीच थारुले लायन अवार्ड आफ्नो लागि ‘सरप्राइज’ भएको बताउनु भएको छ । आफूले अवार्डको लागि काम नगरेको भए पनि अध्यक्षले गरेको यो मुल्यांकन आफ्नो जीवनकै पहिलो महत्वपूर्ण मुल्यांकन भएको बताउनु भयो । उहाँले संस्थामा आफू थप जिम्मेवार भएर काम गर्न यस अवार्डले बल प्रदान गरेको पनि बताउनु भयो । लायन्स क्लवका ४ नम्बर एरिया चिफ विशिष्ट अतिथि सन्दिप कशौधन, संस्थापक अध्यक्ष कृष्ण केसी लगायतले पनि थारुलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  २ : ११ बजे