५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वर्षाका कारण नदीहरूमा बाढीको जोखिम



काठमाडौं ।
नेपालका विभिन्न स्थानमा परेका मध्यम तथा भारी वर्षाका कारण नदीहरूमा पानीका बहाब बढेका छन् । मकवानपुरको भोर्लेनी र आसपासमा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टा भारी वर्षामापन भइरहेको थियो । खोखझोर खोला, बागमती, मरीन लगायत नदीहरूमा जलसतह बढ्दो क्रममा रहेको रहेकाले उक्त जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा सतर्ककता अपनाउन बाढी पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

बिहान एक बजेबाट मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपास हुनेहरूलाई पनि सतर्कता अपनाउन अनुरोध छ । अन्य साना तथा ठूला नदीहरूमा पनि बाढीको जोखिम कायमै रहेको छ ।

प्रकाशित मिति : १८ असार २०७८ शुक्रबार ००:००  ६ : ४४ बजे