७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तु गोली काण्डका फरार अभियुक्त पक्राउ



कपिलवस्तु ।

कपिलवस्तुमा ३ वर्षअघि गोली प्रहार गरी एक जनाको हत्या गरि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०७५ साल चैत्र १७ गते साँझ साढे ९ बजेको समयमा जिल्लाको कृष्णनगर नगरपालिका–१० बिद्यानगरका ५५ बर्षीय पारस पुरीलाई तीन जना ब्यक्तिको समूहले गोली हानेर हत्या गरेका थिए ।

हत्या घटनाका मुख्य अभियुक्त भनिएका सोही जिल्लाको साविक गणेहपुर गाविस–१ (हाल विजयपुर गाउँपालिका –७) का ५० बर्षीय लालबही प्रेमकुमार भनिने शुपति कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजलाई महाराजगञ्ज नगरपालिका–१० हर्दौना स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार हत्या गरिएका पारस पुरी कामदारहरु बैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न थिए । हत्या अभियुक्त कुर्मीलाई ‘तिम्रो छोरा दिनेश कुर्मीलाई विदेश पठाई दिन्छु’ भनि १ लाख १५ हजार रुपैयाँ लिई बैदेशिक रोजगारीका लागि बहराइन पठाएका थिए ।

त्यहाँ पुगेपछि छोराले राम्रा कम्पनीमा काम र तलव नपाएको भन्दै पुरीसँग विदेश पठाउँदाको उक्त रकम पटक पटक फिर्ता मागेका थिए । उनले नदिएपछि सोही रिसईवी साँधेर हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १९ असार २०७८ शनिबार ००:००  ३ : ०९ बजे