१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

शितगंगामा अविवाहित पुरुष र महिलालाई मासिक भत्ता



अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको एक निर्णयले शनिबारबाट चर्चा बटुल्न सुरु गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७८ । ७९ को बार्षिक निति तथा कार्यक्रममा बहुमतबाट अविबाहित महिला पुरुषलाई भत्ता दिने निर्णय गरे लगत्तै देशभर चर्चा कमाउन सुरु गरेको हो ।

शनिबार सम्पन्न नगर सभाले करिव १ हजार योजनाहरु पास गर्दा अबिवाहित महिला र पुरुषले पनि भत्ता पाउने निर्णय पनि गर्यो । नगर सभाले ३५ बर्ष पुगेका अविवाहित महिला र ४० बर्ष पुगेका एकल पुरुषहरुलाई अबदेखि मासिक भत्ता दिने छ । भत्त कति दिने भन्ने अझै निर्णय भएको छैन । सम्भवतह यो निर्णय मुलुकमै पहिलो हो ।

यो निर्णयपछि नगरका सो उमेर समूहका नागरिकले खुसी मनाएका छन् भने केहीले अब्यवहारिक भनेर टिप्पणी पनि सुरु गरेका छन् । यस्तै नगरपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुको आत्मबल बढाउन उनीहरुलाई पनि मासिक भत्ताको ब्यवस्था गरेको छ।

यो निर्णयसंगै नगरपालिकाले कृषि, सडक, स्वास्थलाई प्राथमिकता दिने गरी बजेट ल्याएको छ । जनताको माग बढि हुने पाइप, जालीहरुमा यो बर्ष बढि बजेट विनियोजन गरेको छ । नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको बजेटमा नगरपालिकामा खानेपानीको बिद्युत महसुलमा ७५ प्रतिशत अनुदान नगरपालिकाले दिने गरि बजेट प्रस्तुत भएको छ ।

जनतालाई पर्ने आर्थिक भार कम गर्न बिद्युुत महसुल नगरपालिकाले तिर्ने भएको नगर प्रमुख अधिकारी बताउनुभयो । नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेका नगर उपप्रमुख टिका रेश्मीले जानकारी दिनुभयो । आगामी बर्ष चालु तर्फ ४४ करोड ६५ लाख र पुँजीगत तर्फ ३६ करोड २४ लाख बराबरको बजेट प्रस्तुत भएको नगर उप-प्रमुख रेश्मीले बताउनुभयो ।

यस्तै नगरपालिकाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक आर्थिक ऐन २०७८ नगरसभाबाट स्वीकृत गरेको छ । जसअनुसार व्यवसाय कर, पशुजन्य व्यवसाय कर, उद्योग व्यवसाय कर, पार्किङ शुल्क, नदि जन्य आनीजन्य श्रोत घर लगायतका २१ वटा क्षेत्रमा कर दस्तुर लागु गरी नगरपालकालाई आर्थिक रुपमा राजस्व संकलन गर्ने गरे ऐन पारित भएको प्रमुख प्रशासकीय अधिकृत प्रेम केसीले बताउनुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ९ : २२ बजे