कपिलवस्तुमा कोरोना सङक्रमित घट्दै , असार ६ यता मृत्युदर शुन्य


मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुमा कारोना सङक्रमितको सङख्या निरन्तर घट्दै गएको छ । विगत एक महिना यता जिल्लामा सङक्रमितको सङख्या घट्दै गएको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार असार ६ गते यता मृत्यु हुनेको सङख्या पनि शुन्य रहेको छ । असार ६ यता मृत्यु संख्या शुन्य छ स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले भन्नुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको सङख्या ७६ पुगेको छ । जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङख्या १९५ रहेको छ । यस्तै सङक्रमित सङख्या ५ हजार ५२३ रहेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस