‘हाम्रो बाटो लामो र आंशिक रुपमा अज्ञात पनि छ’– चे ग्वेभारा


चे ग्वेभारा ।
नयाँ समाजको निर्माणको प्रक्रियामा त्यस नयाँ समाजले अतीतसँग निकै ठूलो र कठिन प्रतियोगिता गर्नुपर्ने हुन्छ । यो प्रतियोगिता वैयक्तिक चेतनामा परिलक्षित हुन्छ, जुन चेतना भनेको व्यक्तिलाई एकलकाँटे बनाउने दिशातिर केन्द्रित शिक्षा र लालन–पालनको पद्धतिद्वारा घेरिएको हुन्छ ।

यसका साथै यो प्रतियोगिता वणिक सम्बन्ध यथावत रहिरहने कारणले संक्रमणकालको स्वरुपअनुरुप पनि स्पष्ट रुपमा देखा पर्दछ । माल (commodity) भनेको पूँजीवादी समाजको आर्थिक इकाई हो ।

जबसम्म मालको अस्तित्व कायम रहिरहन्छ, तबसम्म त्यसको असर उत्पादनका संगठनहरुमा परिरहन्छ, अतः व्यक्तिको चेतनामा पनि त्यसको प्रभाव देखा परिरहन्छ नै ।

मार्क्सले खिच्नुभएको रुपरेखाअनुसार संक्रमणकाल भनेको त्यस्तो विस्फोटक परिवर्तनको नतिजा हो,जुन विस्फोटक परिवर्तन आफूभित्रै रहेका अन्तरविरोधहरुको कारणले पूँजीवादी व्यवस्था विघटित हुँदा पैदा हुन्छ ।

मार्क्सले खिच्नुभएको रुपरेखाअनुसार संक्रमणकाल भनेको त्यस्तो विस्फोटक परिवर्तनको नतिजा हो, जुन विस्फोटक परिवर्तन आफूभित्रै रहेका अन्तरविरोधहरुको कारणले पूँजीवादी व्यवस्था विघटित हुँदा पैदा हुन्छ ।

ऐतिहासिक वास्तविकताले के देखाइरहेको छ भने कमजोर हाँगाको रुपमा रहेका केही देशहरुले विशाल साम्राज्यवादी रुखबाट आफूलाई अलग्ग पार्छन् । लेनिनले पहिले नै यसरी अलग्याउने प्रक्रियाको अनुमान लगाई सक्नुभएको थियो ।

ती देशहरुमा पूँजीवाद निकै धेरै विकसित भइसकेको छ, तिनीहरुले कुनै न कुनै रुपमा जनतामाथि आफ्नो प्रभाव देखाइरहन्छन् । आफ्ना सम्पूर्ण संभावनाहरुको मूल्य चुकाएर भएपनि तिनीहरुले आफ्ना पूँजीवादका अन्तरविरोधहरुको फलस्वरुप व्यवस्थालाई बिस्फोटनबाट बचाउँछन् ।

तर अर्कोतिर विदेशी उत्पीडकहरुका विरुद्ध मुक्ति संग्रामहरु पनि चलिरहेका छन् । युद्धजस्ता बाहिरी कारणहरुले जन्माउने दुर्गति र यन्त्रणा, सुविधाभोगी वर्गद्वारा शोषितहरुमाथि भइरहेको उत्पीडनविरुद्ध यस्ता संघर्षहरु अगाडि बढिरहेका छन् ।

नवउपनिवेशी शासनहरुलाई उखेलेर फ्याँक्ने उद्देश्यसहित पनि मुक्ति संग्रामहरु चलिरहेका छन् । यस्तो परम्परागत संघर्षहरुले पूँजीवादको विस्फोटन प्रक्रियालाई टेवा दिइरहेका छन्, यसबाहेक सचेत कारबाहीहरु त भइरहेकै छन् ।

ती देशहरुमा सामाजिक श्रमका लागि अहिले पनि सम्पूर्ण शिक्षाको व्यवस्था गरिएको छैन । फेरि, बजेट विनियोजन गर्ने जस्तो सामान्य प्रक्रियाको फलस्वरुप जनता धनी हुने त कुरै भएन । ती देशहरुमा एकातिर पछौटेपना छ भने अर्कोतिर ती देशको पूँजी ठूला पूँजीवादी देशहरुतिर पलायन भइरहेको छ ।

यस्तो स्थितिमा बलिदानविना दु्रतगतिमा आमूल परिवर्तन संभव नै हुँदैन । आर्थिक आधारको निर्माणका लागि अहिले पनि एउटा लामो बाटो हिँड्न बाँकी छ र द्रुत विकासको कुञ्जीको रुपमा रहेको मानिने भौतिक हितको थोत्रो पुरानो बाटोमै हिँड्ने मोह पनि धेरैमा अति अधिक छ । रुख हेर्दा जंगल नदेख्ने संभावना रहेजस्तै, तात्कालीन काममा मात्रै ध्यान केन्द्रित गर्दा सम्पूर्ण परिस्थितिको स्पष्ट बोध नहुने खतरा छ ।

माल उत्पादनजस्तो पूँजीवादको आर्थिक इकाईलाई यथावत् राखीछाड्नु, उत्प्रेरणाका लागि नाफा र व्यक्तिगत भौतिक हितहरुको प्रयोग गरिराख्नु भनेको पूँजीवादी उपायहरु नै हुन् ।

पूँजीवादी व्यवस्थाको विरासतको रुपमा पाइने यस्ता भुत्ते र हानिकारक हतियारहरु प्रयोग गरेर समाजवादको सुन्दर सपना साकार पार्न दौडिँदा अँध्यारो अन्धो गल्लीमा पुग्ने कुरा सुनिश्चित छ ।

यस्तो अँध्यारो अन्धो गल्लीमा अनेकौं दोबाटा र चौबाटाहरु नाघ्दै एउटा लामो बाटो दौडी सकेपछि ‘हामीले कहिले गलत मोडमा पाईला टेक्यौं’ भन्ने कुरा ठम्याउन नै गाह्रो हुन्छ ।

र, यसैबीच जुन पूँजीवादी आर्थिक आधारलाई समाजवादी बाटोको रुपमा अपनाइएको हुन्छ, त्यसले चेतनाको विकासलाई पनि विखण्डित पारिसकेको हुन्छ । त्यसैले साम्यवादको निर्माणका लागि नयाँ भौतिक आधारको निर्माणका साथसाथै नवमानवको सिर्जना गर्नु जरुरी छ ।

जुन पूँजीवादी आर्थिक आधारलाई समाजवादी बाटोको रुपमा अपनाइएको हुन्छ,त्यसले चेतनाको विकासलाई पनि विखण्डित पारिसकेको हुन्छ । त्यसैले साम्यवादको निर्माणका लागि नयाँ भौतिक आधारको निर्माणका साथसाथै नवमानवको सिर्जना गर्नु जरुरी छ ।

त्यसैले जनतालाई परिचालन गर्नका लागि सही माध्यम, सही प्रक्रिया र ठीक उपायको छनौट अति महत्वपूर्ण हुन्छ । भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन, विशेषगरी सामाजिक प्रकृतिको भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन भन्ने हो भन्ने हो भने स्पष्ट शब्दमा भन्न सकिन्छ, त्यो सही माध्यम भनेको आधारभूत रुपमा नैतिक उत्प्रेरणा मात्रै हुनसक्छ !
जस्तो कि मैले पहिले पनि भनिसकेको छु स् अति जोखिमका क्षणहरुमा नैतिक उत्पे्ररणालाई सक्रिय गर्न सजिलो हुन्छ । तर यसको प्रभावकारितालाई सधैँ बचाई राख्नका लागि त्यस्तो चेतनाको विकास गर्नु आवश्यक छ, जसमा नैतिक मूल्यहरु नयाँ आर्थिक आधारमाथि फल्ने–फुल्ने प्रक्रिया होस् १ हो, यसको लागि सिंगो समाजलाई नै एउटा विराट स्कूलको रुपमा फेर्नु पर्छ ।

यसको लागि आवश्यक प्रक्रियाको मोटामोटी विशिष्टता भनेको पूँजीवादी व्यवस्थाको निर्माणको पहिलो चरणको क्रममा पूँजीवादी चेतनाको निर्माण प्रक्रियाजस्तै हो । त्यसबेला पूँजीवादले शक्ति प्रयोग गर्छ, यसका साथसाथै जनमानसलाई व्यवस्थाअनुकूल शिक्षित पनि गर्छ । पूँजीवादका प्रचारकहरुले प्रत्यक्ष रुपमा प्रचारबाजी पनि गर्छन् । यो उनीहरुकै जिम्मामा हुन्छ– जनमानसलाई वर्गीय समाजका अनिवार्यताहरुको बारेमा संझाउने–बुझाउने कर्तव्य ।

यसका लागि प्राकृतिक नियमसम्बन्धी यान्त्रिक सिद्धान्त वा दैवीय उत्पत्तिको सिद्धान्तको प्रचार गर्नु परे पनि गर्ने उपाय अपनाइन्छ । यसै प्रकारको प्रभावस्वरुप जनमानस पूँजीवादी व्यवस्थाअनुकूल ढालिन्छ र जनताले बुझ्न थाल्छन् स् हामीले त्यस्तो दैवी र प्राकृतिक प्रकोपको उत्पीडन सहनुपर्छ, जोसँग संघर्ष गरेर पार लगाउन सकिन्न ?

त्यसपछि आउँछस यहीँ र अहिले नै उन्नति गर्न पाउने सुनौलो आशा, पहिलेका गतिहीन वर्गीय व्यवस्थाहरुभन्दा पूँजीवादी व्यवस्थामा उन्नतिको आशा अत्याधिक छ भन्ने भरोसा अरु वर्गीय व्यवस्थाहरुभन्दा पूँजीवादी व्यवस्थालाई भिन्न पार्ने मुख्य तत्व नै यही उन्नतिको आशा र भरोसा त हो
यस्तो स्थितिमा पनि केही मानिसहरुको मनमस्तिष्कमा पुरानो वर्गीय व्यवस्थाका आचार विचारले घर गरिरहेका हुन्छन् । उनीहरुलाई लागिरहेको हुन्छ स् मृत्युपछि आफ्नो आज्ञाकारिताको पुरस्कारस्वरुप स्वर्गलोकमा जान पाइन्छ ।

पुराना अन्धविश्वासले जकडिएका केही मानिसहरुलाई लागिरहेको हुन्छ स् असल मानिसहरुले अहिले दुःख–पीडा भोग्नुपरे पनि मृत्युपछि सुख–सुविधाले भरिपूर्ण अनौठो लोकमा जान पाइन्छ ।

अरु केही मानिसहरुलाई भने अलिकति फरक लागिरहेको हुन्छ स् वर्ग विभाजन भनेको त भाग्यको खेल नै हो, तर यस्तो खेल चलिरहेको स्थितिमा पनि काम र पहलकदमी लिई कुनै पनि व्यक्ति आफ्नो वर्गलाई त्यागेर माथिल्लो धनी वर्गमा प्रवेश गर्न सक्छ ।

हो, यो प्रक्रिया र स्वनिर्मित मानिसहरुको सफलताको मिथक दुबै पाखण्डपूर्ण कुरा हुन् । आत्मशिक्षाको प्रक्रियाद्वारा धनी वर्गमा जाने भन्ने कुरा झूठलाई छोपछाप पारेर सत्य बनाउने एउटा रोचक नाटक हो यो पनि ।

हाम्रो स्थितिमा प्रत्यक्ष शिक्षाको निकै ठूलो महत्व छ । सत्य कुरा बुझाउन सुविधाजनक नै हुन्छ, किनकि त्यसका लागि छलकपट र बहाना गर्नु पर्दैन । शिक्षा मन्त्रालय र पार्टीका संचार माध्यमहरुजस्ता राज्यका शैक्षिक संरचनाहरुले सामान्य, प्राविधिक र वैचारिक शिक्षाको प्रचार–प्रसार गर्छन् ।

शिक्षा आमजनताबीच फलाइन्छ–फुलाइन्छ र प्रशंसनीय नयाँ मनोवृत्ति र बानीको रुपमा फुल्छ । आम–जनताले यसलाई आफ्नै बानीको रुपमा ग्रहण गर्छन् र आफूलाई शिक्षित गर्न नसकिरहेका मानिसहरुलाई प्रभावित पार्छन् ।

जनमानसलाई शिक्षित गर्ने यो अप्रत्यक्ष तरिका हो – यो तरिका त्यतिनै सशक्त छ, जति नवगठित ढाँचाद्वारा गरिने अरु उपायहरु सशक्त छन् ।
तर यो प्रक्रिया जागरुक खालको हुन्छ । व्यक्ति नयाँ सामाजिक शक्तिबाट निरन्तर रुपमा प्रभावित हुन्छ अनि उसले महसूस गर्छ – नयाँ सामाजिक शक्तिको मापदण्डअनुरुप आफूलाई चाहिँ फेर्न सकेको रहेनछु ।

अप्रत्यक्ष शिक्षाको दवाबको परिणामस्वरुप व्यक्तिले एउटा त्यस्तो परिस्थितिसँग आफूलाई अनुकूल पार्ने प्रयास गर्छ, जुन परिस्थितिलाई ऊ न्यायोचित ठान्छ, जसको विकासको अभावमा उसले आफूलाई शिक्षित गर्न नसकेको महसूस गर्छ । हो, यसरी नै उसले शिक्षित गरिरहेको हुन्छ ।

समाजवादको निर्माणको यस अवधिमा हामी नवमानवको जन्म भइरहेको दृश्य देख्छौं । त्यस नवमानवको चित्र अहिले पनि अपूर्ण नै छ । वास्तवमा यो चित्र कहिले पनि पूर्ण हुँदैन पनि, किनकि नवमानवको सिर्जनाको प्रक्रिया भनेको नयाँ आर्थिक ढाँचाको विकासको गतिसँगै समानान्तर रुपले अगाडि बढ्छ ।

हो, शिक्षाको अभावमा केही मानिसहरु निर्जन बाटोमा एक्लै हिँड्न थाल्छन् । केही मानिसहरु आफ्नै महत्वाकांक्षाहरुलाई सन्तुष्ट गर्ने काममा लाग्छन् । तर तिनीहरुलाई एकातिर छाड्ने हो भने पनि, यस बहुमुखी गतिको चारैतिरका दृश्यहरु देखिने नयाँ विशाल चित्र हेर्दा एकसाथ अगाडि बढिरहेको जनसमूहसँग अलग्गिएर अरु मानिसहरु पनि देखिनेछन् ।

तर सबैभन्दा महत्वपूर्ण कुरा हो स् जनता भने प्रतिदिन आफूलाई समाजको अंग बनाउने प्रक्रियामा हुनु अनि यसका साथसाथै त्यस समाजका चालकहरुको रुपमा आफ्नो महत्वबोधप्रति अरु बेसी जागरुक हुने प्रक्रियामा हुनु अब उनीहरु त्यो निकै टाढा टाढाका आकांक्षाहरुबीच हराएको बाटोमा नितान्त एक्लै हिँड्ने गर्दैनन् । अब उनीहरु आफ्ना युगान्तकारी अगुवाहरुसँगसँगै लाग्दछन् । ती युगान्तकारी अगुवाहरुको समूह भनेको पार्टी, सर्वाधिक जागरुक श्रमिकहरु, सचेत व्यक्तिहरुद्वारा निर्मित हुन्छ ।

ती अगुवाहरुले जनताप्रति समर्पित हुँदै, जनतासँग अति घनिष्ठतापूर्वक सम्बन्ध गाँसेर मनोभावहरु आदान–प्रदान गर्दछन् । ती अगुवाहरुका आँखाहरु भविष्य र त्यसको सफलताको पुरस्कारमाथि केन्द्रित हुन्छन् । तर त्यो भविष्य र ती सफलताहरु व्यक्तिगत हितमा केन्द्रित हुँदैनन् । हो, त्यो सफलताको पुरस्कार हो स् नयाँ समाज, कम्युनिष्ट मानवहरुको समाज, जहाँ मानिसहरुले विभिन्न विशिष्टताहरु प्राप्त गर्न सफल हुन्छन् ।

हो, बाटो लामो छ, कठिनाइहरुले भरिपूर्ण छ । हामीले कहिलेकाहीँ बाटो बिराउन सक्छौं । र, पछि हट्नुपर्ने पनि हुन्छ । कहिलेकाहिँ हाम्रो चाल निकै तेज हुन्छ, अतः हामी जनताबाट अलग्गिन पनि सक्छौं । अनि कहिलेकाहिँ हाम्रो चाल निकै धेरै ढिलो हुन्छ र हामीले आफ्नो पछि पछि आइरहेका मानिसहरुको तातो–तातो स्वाससमेत महसूस गर्न सक्छौं ।

क्रान्तिकारीको रुपमा हाम्रो जोश र व्यग्रताले आफ्नो अगाडि रहेको बाटोलाई सजिलो र सुस्पष्ट पार्दै जुन हदसम्म संभव छ, त्यति हदसम्म छिटो पार गर्नका लागि हामीलाई घच्घच्याउँछन् ।

तर हामीलाई के पनि थाहा छभने हामीले हाम्रो शक्ति भनेको जनताकै पालन–पोषणबाट फलाउनु–फुलाउनु पर्छ । जब हामीले जनतालाई आफ्ना आदर्श र आचरणद्वारा प्रोत्साहित गर्न सक्छौं, तबमात्र जनता अरु बेसी द्रुत गतिमा दौड्न सक्छन् ।

हामीलाई के पनि थाहा छभने हामीले हाम्रो शक्ति भनेको जनताकै पालन–पोषणबाट फलाउनु–फुलाउनु पर्छ । जब हामीले जनतालाई आफ्ना आदर्श र आचरणद्वारा प्रोत्साहित गर्न सक्छौं,तबमात्र जनता अरु बेसी द्रुत गतिमा दौड्न सक्छन् ।

समाजवादको निर्माणका लागि नैतिक प्रोत्साहनको महत्वलाई ध्यानमा राख्दै हामीले चेतनास्तर फरक–फरक भएका समूहहरुको उपस्थितिलाई पनि विशेष याद गर्नु पर्छ ।

कुनै न कुनै रुपमा समाजवादको निर्माण कार्यमा भाग नलिने मुठ्ठीभर मानिसहरुलाई एकातिर पन्छाएर हेर्दा पनि स्पष्ट देखिन्छ – अगुवाहरु र जनताहरु बीचको सामाजिक चेतनामा समानुपातिक विकास भएको छैन ।

अगुवाहरु जनताको तुलनामा वैचारिक रुपले अगाडि छन् र जनतालाई नयाँ जीवनका मूल्य–मान्यताहरुसम्बन्धी जानकारी त छ, तर उनीहरु त्यसबाट यथेष्ट मात्रामा परिचित भने छैनन् ।

अगुवाहरुमा उनीहरुको अग्रिम दस्ताको उत्तरदायित्वको कारणले गुणात्मक परिवर्तन आउँछ, यसले उनीहरुमा बलिदान हुने क्षमता प्रदान गर्छ । तर जनताभने वस्तुको एक अंशमात्र देख्न सक्ने हुनाले दुविधाग्रस्त हुन्छन् ।

त्यसैले उनीहरुलाई प्रोत्साहनहरु र सीमित घनत्वका दवावहरुको आवश्यकता रहन्छ । हो, यही हो सर्वहारा वर्गको तानाशाही भनेको १ सर्वहारा वर्गको तानाशाही केवल पराजित वर्गमाथि मात्रै लागू हुने होइन, बरु विजयी वर्गका व्यक्तिहरुमाथि पनि लागू हुन्छ ।

सर्वहारा वर्गको तानाशाही केवल पराजित वर्गमाथि मात्रै लागू हुने होइन, बरु विजयी वर्गका व्यक्तिहरुमाथि पनि लागू हुन्छ । सम्पूर्ण सफलता प्राप्त गर्नका लागि यी सबै कामहरु गर्नु र विविध उपायहरु प्रयोग गर्नु जरुरी छ, विशेषगरी क्रान्तिकारी संस्थानहरुजस्ता संस्थागत रुप र संयन्त्रहरु निर्माण गर्नु आवश्यक छ ।

क्रान्तिलाई संस्थागत रुप दिने अवधारणा भनेको भविष्यतिर एकसाथ अगाडि बढिरहेका करोडौं मानिसहरुको भीडको छविसँग मेल खान्छ । यसलाई समानान्तर नहरहरुको सामञ्जस्यपूर्ण संगीतमय जलप्रवाह वा राम्ररी तेल राखिएका मेशिनहरुको लयात्मक आवाजको रुपमा तुलना गर्न सकिन्छ, जसले भविष्यतिर अगाडि बढिरहेको यस मार्चलाई मलजल दिन्छ ।

यही कुराले, यिनै सबका बीच, अगुवाका रुपमा अग्रिम पंक्तिमा बसी अगाडि बढिरहेकाहरुलाई प्राकृतिक छनौटको अवसर प्रदान गर्छ । जसले निर्माण हुँदै गइरहेको समाजमा आफ्ना कर्तव्यहरुको पालना गर्छन्, तिनीहरुलाई पुरस्कार प्रदान गरिन्छ र जसले निर्माण हुँदै गरेको समाजविरुद्ध अपराधिक काम गर्छन्, तिनीहरुलाई सजायँ दिइन्छ ।
क्रमश…
(स्वदेश या मृत्यु, राजेन्द्र महर्जनको लेखन, अनुवाद र सम्पादनमा प्रकाशित समाजवादको सपना पुस्तकबाट साभार )

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस