गजेहडाकी गुलाबकली थारु १ हप्ता देखि बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह


मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ४ गजेहडाकी गुलावकली थारु १ हप्ता देखि हराएकी छन् । गजेहडा तिनकुने बस्ने थारु एक हप्तादेखि सम्पर्क बिहिन भएको परिवारले मायादेवी अनलाइनलाई बताए ।

गुलाबकलीको श्रीमानको केहि समय पहिला निधन भएको थियो । श्रीमानको निधनपछि गुलावकली डिप्रेसनमा गएको स्थानीय सृजना थारुले बताउनुभयो । परिवारमा धेरै ऋण भएको र श्रीमानको निधनपछि सबैबोझ आफुमाथि थपिएकाले थारु डिप्रेसनमा गएको स्थानीयले बताएका छन् ।

केहि दिन पहिले गुलाबकलीलाई केहि स्थानीयले बुङचीको जंगलमा देखेका थिए त्यसपछि उनी लक्ष्मणघाट तिर गएको र अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बताइएको छ ।

गुलाबकलीका २ छोरी र एक छोरा रहेका छन् । घरमा बाबाको पनि निधन भएको र आमा पनि बेपत्ता भएकाले आफ्नो साहारा नै गुमेको भन्दै आमाको खोजिगरिदिन उनीहरुको आग्रह छ । ४५ बर्षीया थारुको माईत बुद्धभूमि नगरपालिका ४ बुड्ढीमा पर्छ । उनलाई भेटेमा ९८२१९५५२३८, ९८२१५०४६८३ र ९८१७४४७१२६ मा सम्पर्क गरिदिन पनि उनको परिवारले अनुरोध गरेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस