भुसालको जन्मोत्सवमा ११ विद्यार्थीलाई ‘शिव तुलसा मेमोरियल लायन्स’ छात्रवृत्ति


मायादेवी अनलाइन, चारनम्बर ।

लायन्स क्लव अफ कपिलवस्तु बर्ष २०२१ । २२ का अध्यक्ष धातानन्द भुसालले बाणगंगा नगरपालिकाका ११ जना विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ । ५३ औँ बर्षगाँठ मनाउने क्रममा वि.स. २०७१ सालमा स्वर्गीय माता पिताको सम्झनामा आफैले स्थापना गरेको शिव तुलसा मेमोरियल लायन्स छात्रवृत्ति अक्षयकोषबाट बाणगंगा १ मा रहेको वाल मावि वैरियाका ११ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई उहाँले छात्रवृत्ति प्रदान गर्नु भएको हो ।

सामाजिक र मानवीय कार्य गर्न लायनन्सवादमा जोडिनु भएका उहाँले फजुल खर्च गरेर जन्म दिन मनाउने परम्पराबाट माथि उठ्न सक्ने सन्देश प्रवाह गर्नमा लागि जन्म दिनमा छात्रवृत्ति बाँडिएको बताउनु भयो । प्रमुख अतिथि लायन्स क्लवका डिस्ट्रिक चिफ एडभाईजर उमंग देवकोटाल ५३ वटै बत्ती बालेर जन्मउत्सवको सेलिब्रेसन र कार्यक्रमको उद्घाटन गर्दै छात्रवृत्ति वितरण गर्नुभएको थियो ।

प्रमुख अतिथि देवकोटाले भुसालजस्ता ब्यक्तिको साथले लायन्स क्लव अफ कपिलवस्तुले मुलुकमै फरक छाप छाड्न सफल भएको बताउनु भयो । उहाँले अझै सामाजिक र मानवीय कार्य गरी लायन्सको मुभमेन्टलाई शशक्त र गतिशिल बनाउन आग्रह गर्नुभयो । वाल माविका प्रधानाध्यापक अर्जुन शाहीले जन्मोत्सवको छात्रवृत्ति वितरणमा आफ्नो विद्यालयका विद्यार्थीलाई छनोट गरेकोमा धन्यबाद दिँदै भुसालको प्रसंसा गर्नुभयो ।

No description available.

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एरिया चिफ जीवन गौतम, रिजन चियर पर्सन ओमकार आचार्यले पनि जन्मोत्सवमा निकै उदाहरणीय कार्य गरेको भन्दै भुसालको अनुकरण सबैले गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।

कार्यक्रममा एरिया को. चिफ कृष्ण केसी, जोन चियर पर्सन सुरेन्द्र घिमिरे, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष सविता सापकोटा पौडेल, समाजसेवी कृष्ण प्रसाद भट्राई, लियो क्लवका अध्यक्ष पाण्डव भण्डारी, सचिव लक्ष्मण सापकोटा लगायतको सहभागिता थियो । कार्यक्रमको संचालन सचिव सागर घिमिरेले गर्नु भएको थियो ।

यसैबीच क्लवको नियमित दोश्रो वैठक पनि सम्पन्न भएको छ । क्लवले लायन डाइरेक्टर चन्द्रकान्त न्यौपानेलाई मिडिया चिफको जिम्मेवारी प्रदान गर्यो । क्लवलाई आगामी दिनमा सामाजिक र मानवीय कार्यको लागि योजनावद्ध छलफल गरेको छ । क्लवलाई आर्थिक रुपमा शशक्त बनाउन गरिने काम बारे पनि सदस्यबीच छलफल भएको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस