सिँचाइको लागि बनाइएको बाँधमा डुब्दा दाङमा एक जना बेपत्ता


दाङ ।
सिँचाइको लागि बनाइएको कृतिम जलाशयरबाँध (ड्याम) मा डुब्दा दाङमा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका वडा न १ सिमलताराको गयरसोता ड्याममा पौडी खेल्ने क्रममा बिहान त्यहीँ गाउँका एक जना डुबेका प्रहरीले जनाएको छ ।

स्थानियबासिन्दा र प्रहरीले हराएका व्यक्तिको खोजी गरिरहेका छन् । गएको वर्ष खनिएको ड्याम धेरै गहिरो भएको र दलदले माटो भएकोले पौडी खेल्न गएका युवा त्यही दलदले हिलोमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस