६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सरकारलाई राम्रो काम गर्न चुनौतीः प्रचण्ड



काठमाण्डौ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस आज कम्युनिस्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् ।

नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन दिनुभएको छ ।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने नेताहरुमध्ये कर्माचार्य पनि एक हुनुहुन्थ्यो । विसं १९८१ कात्तिक १४ गते ललितपुरमा जन्मेका कर्माचार्यको ८९ वर्षको उमेरमा २०७० साउन ९ गते निधन भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८ शनिबार ००:००  ११ : ५० बजे