१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गोरुसिंगेमा मिनि ट्रक दुर्घटना, ३ जना घाइते



मायादेवी अनलाइन, जितपुर ।

सुर्खेतबाट विरगंजका लागि छुटेको मिनि ट्रक दुर्घटनामा परेको छ । शनिबार दिउसो बुद्धभूमी नगरपालिका २ गोरुसिंगेमा उक्त मिनि ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् भने एकको अवस्था सामान्य छ ।

प्रदेश नम्बर ०३–०१ –००६ ख १६६१ नम्बरको मिनि ट्रक अनियन्त्रीत भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी सहायक निरिक्षक प्रकास कुवँरले मायादेवीलाई बताउनुभयो ।

उहाका अनुसार घाइते ३ जनाको स्थानीय बुद्ध पोलिक्लिनक उपचार भैरहेको छ । यस्तै मिनि ट्रकलाई क्रेनको सहयताले निकाल्ने प्रयास भैरहेको उहाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी छ । सुर्खेतको सिन्चुबाट बिरगंजका लागि छुटेको फलफुल बोलेको गाडी दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७८ शनिबार ००:००  ४ : ३८ बजे