७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विप्लव र एमाले नेता बादलबीच भेटवार्ता




काठमाण्डौ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ ।

बादलको निवास जोरपाटीमा भएको भेटमा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागि थिए । आजै विप्लव र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच पनि दिउँसो भेटवार्ता भएको थियो । विप्लवले पछिल्लो समय सबै दलका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८ आइतबार ००:००  ७ : ३८ बजे