१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

साउनको चर्को गर्मीमा विद्युत अवरुद्ध हुँदा कपिलवस्तुबासी रातभर जागराम



मायादेवी अनलाइन, चारनम्बर ।
आइतबार साँझ देखि कपिलवस्तुका अधिकांश स्थानमा विद्युत छैन् । सोमबार विहान ७ बजे यो समाचार तयार पार्दासम्म पछिल्लो १२ घण्टा देखि जिल्लामा विद्युत अवरुद्ध भएको हो ।

साउनको चर्को गर्मीमा विद्युत अवरुद्ध हुँदा जिल्लाबासी रातभर जागराम बस्न बाध्य भएका छन् । पछिल्लो तीन दिन देखि तराईमा गर्मीले सीमा नाघेको छ । चर्को गर्मीले जनजीवन प्रभावित भैरहेको बेला जिल्लामा विद्युत अवरुद्धले झनै कष्ट थपेको छ ।

नेपाल विद्युत प्राधिकरण गजेहडा शवस्टेशनका अनुसार ३२ केभीए प्रशारणमा समस्या आएको कारण विद्युत अवरुद्ध भएको हो । चन्द्रौटाबाट आउने विद्युतमा समस्या हुँदा तौलिहवा र गजेहडा वितरण केन्द्रका ग्राहक अन्धकारणमा बस्न बाध्य भएका हुन् । यी दुई वितरण केन्द्रका ग्राहक झण्डै सिंगो जिल्ला हुँदै छिमेकी जिल्ला अर्घाखाँची र रुपन्देहीका केही भागका छन् ।

विद्युत प्राधिकरणका अनुसार विद्युत मर्मतको काम भैरहेको छ । लाइन कति बेला आउँछ अझै भन्न नसकिने विद्युत कर्मचारी बताउँछन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८ सोमबार ००:००  ६ : ५५ बजे