१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

साउन १५ गते बाणगंगा ‘बालमैत्री स्थानीय शाषण नगर’ घोषणा हुने



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ‘बालमैत्री स्थानीय शाषन नगर’ घोषणा हुने भएको छ । बालमैत्री स्थानीय शाषन राष्ट्रिय रणनीति २०६८ अनुसारका ३९ ओटा र नगरले बनाएका थप २ वटा गरी ४१ वटा पार गरेपछि बाणगंगा बालमैत्री स्थानीय शाषन नगर घोषणा हुन लागेको हो । यसको लागि साउन १५ गते विहान ११ बजे मायादेवी रिसोर्ट वैरियामा घोषणा सभा राखिएको छ ।

पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्या चन्द्र प्रकाश खनाल (बलदेव) प्रमुख अतिथि रही घोषणा गर्नु हुने कार्यक्रम रहेको नगरका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव बाबुराम भट्टराइले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालमैत्री नगरको रुपमा बाणगंगा नेपालमै नवौँ, लुम्बिनी प्रदेशमा तेश्रो र जिल्लामा पहिलो हो । बालमत्री नगर हुनको लागि नगरले नीतिगत रुपमै निर्णय गरेर ११ वटै वडामा बिभिन्न क्रियाकलापहरु गरेको थियो ।

गत असारमै काम सम्पन्न भएर घोषणा कार्यक्रम राख्ने भनिए पनि कोरोनाको दोश्रो भेरियन्टको जोखिमको कारण हुन नसकेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८ सोमबार ००:००  ५ : ३६ बजे