७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बाल विवाह अन्त्यका लागि लुम्बिनी सरकारद्धारा रणनीति स्वीकृत



रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले कानूनले बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बाल विवाह मानी निषेध गरेका कारण यसको अन्त्यका लागि रणनीति स्वीकृत गरिएको जानकारी दिए। यो रणनीति कार्यान्वयनका लागि सबै पालिकासँग समन्वय गरिने उनको भनाइ छ ।

सन् २०३० सम्म बाल विवाहको अन्त्य गर्ने राष्ट्रिय लक्ष्य रहेको छ । यसैगरी आजको बैठकले प्रदेश खेलकूद नियमावली, २०७८ स्वीकृत गरेको छ ।

प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३२ मा प्रदेश खेलकूद परिषद्ले नियम बनाउने अधिकार भएको र सोही बमोजिम मस्यौदा गरिएको प्रदेश खेलकूद विकास नियमावली स्वीकृतका लागि शिक्षा तथा सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८ मंगलबार ००:००  ७ : ०५ बजे