६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सत्तारूढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल




काठमाण्डौँ ।

सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार बिहीबार बिहान ८स्३० बजे सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा छलफल गर्ने कार्यक्रम तय भएको छ।

गठबन्धनका नेताहरू बुधबार पनि छलफल गरेका थिए। मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल भएको थियो।

मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका नेताहरू आज बिहान फेरि छलफलमा बस्न लागेका छन्। कुन पार्टीले कति र कुन(कुन मन्त्रालय तथा को मन्त्री भन्नेबारे छलफल हुने भन्नेबारेमा छलफल हुने स्रोतको दाबी छ। मन्त्री छान्ने काम शीर्ष नेताहरूले पाइसकेका छन्। देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्रीमात्रै छन्।

मन्त्री नहुँदा सरकारको काममा प्रभावकारीता नदेखिएको गुनासो आउन थालेका छन्।गठबन्धनमा छलफलपछि मन्त्रिपरिषदलाई पूर्णता एकरदुई दिनमै दिने तयारी छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ। नेता नेपाल पक्षका सांसदहरू सरकारमा जाने कि नजाने यकिन भइसकेको छैन। जनमोर्चाले आफूहरू सरकारमा नजाने बताइसकेको छ।

जसपाबाट मन्त्री को हुने भन्ने टुंगिसकेको छैन। कांग्रेस र माओवादीका २(२ जना यसअघि नै मन्त्री भइसकेका छन् भने बाँकी मन्त्री टुंग्याइसकेका छैनन्।

प्रकाशित मिति : १४ श्रावण २०७८ बिहिबार ००:००  ९ : ०१ बजे