२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तु र रुपन्देहीका ८ पालिकालाई जोडेर एकीकृत विकास मंच बनाऔं : विष्णु पन्थी



मायादेवी अनलाइन, चारनम्बर ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले दुई जिल्लाका पालिकालाई जोडेर एकीकृत विकास मञ्च गठन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

ऐतिहासिक तथा पुरातात्विक हिसाबले रुपन्देही र कपिलवस्तुमा रहेका ८ पालिकालाई साझा एकीकृत विकास गर्न भन्दै मञ्च गठन गरेर अगाडी बढ्नुपर्नेमा सांसद पन्थीले जोड दिनुभएको हो ।

सांसद पन्थीले सामाजिक सञ्जाल मार्फत रुपन्देहीका सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, कंचन गाउँपालिका, गैडहवा गाउँपालिका र कपिलवस्तुका बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्वोधन गाउँपालिका गरी ८ वटा पालिकाको एउटा साझा एकीकृत बिकासको मंच “तिलौराकोट लुम्बिनी (तिलु )” (वा अरु कुनै नाम ) ले गठन गर्नुपर्ने बेला भएको बताउनुभएको छ ।

यसमा पालिका प्रमुख/उप प्रमुख र कार्यकारी अधिकृत सदस्य र ३/४ जना बिषय बिज्ञहरु तथा प्रदेश सभा सदस्यहरु आमन्त्रित सदस्यको रूपमा राख्दा राम्रो हुनेमा उहाँको जोड छ । यो क्षेत्रको दिगो बिकासको लागि कोषे ढुङ्गा हुनसक्छ, छलफल गरौ, उहाँले लेख्नुभएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  ६ : २६ बजे