१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता



रुपन्देही ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गरेका छन् । प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधिबारे जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गरेका थिए । रासस

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  २ : ३६ बजे