८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

२४ घण्टामा नेपालमा २ हजार २८० कोरोना संक्रमित, १ हजार ९१६ जना संक्रमणमुक्त




काठमाडौँ ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा शनिबार थप २ हजार २८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ ।


२४ घण्टामा १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण ३६ लाख ३ हजार ४६५ पुगेको छ । आइसोलेसनमा ३१ हजार ३५५ र क्वारेन्टाइनमा ३८० जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  ४ : ५६ बजे