२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यक बाहेकका सेवा बन्द



पाल्पा ।

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा रोकिएको छ। सेवा आजदेखि साउन २९ सम्म रोकिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । केही कर्मचारीलाई सामान्य रुघाखोकी लाग्ने र ज्वरो आएपछि मंगलबार नौजनाको एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये पाँचजनाको रिपोर्ट पोजेटिभ आएको हो। अन्य कर्मचारीलाई समेत कोरोना पोजेटिभ भएको हुन सक्ने र सेवाग्राहीमा संक्रमण फैलन सक्ने जोखिम भएकाले कार्यालयले दिँदै आएको सेवा बन्द गर्नु परेको पाण्डेले बताए। शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरीबाहेक अन्य सबै सेवा बन्द हुने छ । पाल्पामा कोरोनाको संक्रमण दर बढ्दो अवस्थामा रहेकाले अनावश्यक भीडभाड नगर्न उनले आग्रह गरे। स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डको पूर्णरुपमा पालना गरी आफू बाँच्न र अरुलाई बचाउन आम पाल्पालीसँग प्रजिअ पाण्डेले अपिल गरे ।

प्रकाशित मिति : २० श्रावण २०७८ बुधबार ००:००  ६ : ३४ बजे