गुल्मी ।
कोरोनाको दोस्रो लहर केहि कमि भए पछि सहज भएको लकडाउन अब भने तेस्रो लहरका कारण तथा बढ्दै गरेको कोरोना संक्रमितले फेरी पनि लकडाउन हुने निश्चित बनेको छ । आज मात्र २३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि गुल्मीमा पनि पुर्ण रुपमा लकडाउनको तयारी गरेको ईसाझाकुरा गुल्मी सहकर्मी गोकर्ण पाण्डेले जानकारी दिनुभएको छ ।
अहिले जिल्ला कोरोना नियन्त्रण समिति र जिल्ला प्रशासन बिच बैठक जारी रहेको बताइएको छ । साउन २३ गते राति १२ बजेबाट १ हप्ता जिल्लाभर ठप्प हुने गरि लकडाउन गर्ने तयारी गरेको छ । गुल्मीकै छिमेकी जिल्ला अर्घाखाँचीमा भने साउन १६ गतेबाट नै पुर्ण रुपमा लकडाउन कायम गरिएको छ ।







प्रतिक्रिया