६ असार २०८३, शनिबार | Sat Jun 20 2026

गुल्मीमा जीप दुर्घटनाः ५ जना घाइते



गुल्मी ।

गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती–४ कै ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया दिलकुमारी पुन र सत्यवती–५ कै ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ । घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । जीप आफैं अनियन्त्रित भएर सडकबाट करीब १५ मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८ बुधबार ००:००  ६ : ४२ बजे