३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

हात्तीको दाँतसहित बाँकेबाट तीनजना पक्राउ



बाँके ।

प्रहरीले हात्तीको दाँतसहित तीनजनालाई पक्राउ परेको छ । बैजनाथ गाउँपालिका-६ का सम्झना चोकबाट हात्तीको २ वटा दाँतसहित तीनजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका ५ का ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका ३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर सुनार रहेका छन् ।

उक्त चोकमा अवैध वन्यजन्तुका अंगको खरिद बिक्री भइरहेको भन्ने विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दलबहादुरले बोकेको झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त दाह्रा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८ शुक्रबार ००:००  ४ : १८ बजे