१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रोल्पामा बढे भाइरल ज्वरोका बिरामी



रोल्पा ।
कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो ।

रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको बताइन्छ । “ज्वरो र रुघाखोकीबाट ग्रस्त उनीहरुमा भाइरल ज्वरो र निमोनियाजस्तो जटिल समस्यासमेत देखिने गरेको छ”, उनको भनाइ थियो ।

ज्वरो र रुघाखोकीबाट ग्रस्त बिरामीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिने गरेका कारण उनीहरु त्रस्त भएका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८ शनिबार ००:००  ७ : ४९ बजे