२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गर्मी बढ्दै जादा कपिलवस्तुका अस्पतालमा विरामीको चाप बढ्न थाल्यो



मायादेवी अनलाइन, वाणगंगा ।
वर्षासँगै गर्मी बढ्दै जादा कपिलवस्तुका सरकारी तथा नीजि स्वास्थ्य संस्थामा उपचार गराउन आउने विरामीको भीड बढेको छ । मौसममा आएको परिवर्तनसंगै गर्मी बढ्दै जादा कपिलवस्तुका सरकारी तथा नीजि स्वास्थ्य संस्थामा उपचार गराउन आउने विरामीको भीड बढेको हो ।

अगीपछि दैनिक सरदर ४० देखि ६० जना विरामी आउने जिल्ला अस्पताल तौलीहवामा गर्मी बढेसंगै ओपिडी, इमरजेन्सी, भर्ना गरी १ सय देखि डेढ सयको हाराहारीमा विरामी आउने गरेको अस्पतालले जनाएको छ । अधिकांश उपचार गराउन आउने विरामीहरुमा महिला, बालबालिका, बृद्धबृद्धा छन् । उनीहरुमा झाडापखाला, जन्डिस, ज्बरो, टाईफाईड लगायत रहेका छन् ।

कोरोना माहामारीका विच गर्मीका कारणबाट हुनसक्ने थप रोगको संक्रमणबाट बच्न चिकित्सकले सर्वसाधारणलाई बासी सडेगलेको खाना नखान, अत्यधिक पानी पिउन, गर्मिमा सकेसम्म घरबाहिर हिड्डुल नगर्न जिल्ला अस्पताल तौलिहवाका चिकित्सक विनोद खड्काको सुझाव छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  ७ : ४१ बजे