बुटवल ।
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) का विभिन्न शाखा कमिटीहरुले आज बुटवल क्षेत्रमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नारा लगाएका थिए ।
सरकारले गत मंगलबार मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । जसको एमाले र उसका भ्रातृ संगठन लगायतले विरोध गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका भूमिहीन तथा सुकुम्बासीहरूले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर लगायतका नारा लगाएका थिए । बुटवलको मगरघाट, बुटवल–११ देवीनगरको एमाले चोक, बुटवल आँखा अस्पताल, बुटवल वडा नम्बर १२ र १३ लगायतका ठाउँहरुमा शाखा कमिटीहरुले प्रदर्शन र कोणसभा गरेका हुन् ।
त्यस्तै नेकपा (एमाले) को नेतृत्वमा आज दाङको तुलसीपुरमा प्रदर्शन भएको छ । सुकुम्बासीको नाममा भएको प्रदर्शनको नेतृत्व तुलसीपुरका जनप्रतिनिधिले गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं.१२ का वडाध्यक्ष सूर्यबहादुर डाँगी, वडा नं. १८ का अध्यक्ष माधव ओलीलगायतको नेतृत्वमा तुलसीपुरस्थित एमाले पार्टी कार्यालयबाट प्रदर्शन सुरू भएको हो ।
प्रदर्शनका सहभागीले नेकपा (एमाले) जिन्दावाद, केपी ओली जिन्दावाद, परमादेश सरकार मुर्दावाद, राष्ट्रघाति सरकार मुर्दावाद, गरिबमारा सरकार मुर्दावाद, भूमिहीनलाई पूर्जा दे… लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका थिए।







प्रतिक्रिया