२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा एक वर्षमा ७४ को मृत्युु, २८ हजार सवारी कारवाहीमा



चन्द्रौटा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले एक वर्षमा २८ हजार ७८८ सवारीसाधनलाई कारवाही गरेको छ । ट्राफिक नियम उलङ्घन गरी सञ्चालनमा रहेका सवारीसाधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

उक्त कारवाहीमा परेका सवारीसाधनबाट रु एक करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कूल १६ हजार ८७ सवारी कारवाहीमा परेका थिए । त्यसबाट रु ८८ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो ।

सवारीसाधन कारवाही भएकामध्ये सबैभन्दा बढी ट्रक छन् । ट्रक मात्र २१ हजार ७८३ कारवाहीमा परेका छन् । दोस्रोमा मोटरसाइकल तीन हजार २८८ कारवाहीमा परेका छन् ।

त्यसैगरीे कारवाहीमा परेका जीप, कार दुई हजार २९१, बस ४७१ रहेका छन् भने ट्याक्टर ६८३ र अटोरिक्सा २७२ गरी कूल २८ हजार ७८८ सवारीसाधन कारवाहीमा परेका प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १३२ सडक दुर्घटना भएकामा ७४ व्यक्तिको मृत्युु भएको छ भने १४७ व्यक्ति घाइते भएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ६ : ०५ बजे