मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा ज्येष्ठ नागरिकले लगाउने भनेको कोरोनाको दोश्रो खोप आउन अझै केही दिन लाग्ने बताएको छ । भारतबाट आएको कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका तर दोश्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकले ५ महिनापछि दोश्रो डोजस्वरुप जापान सरकारबाट आएको एस्ट्रोजेनिका लगाउन थालिएको छ ।
दोश्रो डोज लगाउने भनिए पनि अहिले भेरोसेलको डोश्रो खोप लगाउने अभियान भइरहेकाले सो खोप आउन केही ढिलाई भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यो अभियान सकिसकेपछि ६५ बर्षमाथिका ज्येष्ठ नागरिकको लागि दोश्रो डोजस्वरुप जापनिज खोप लगाइने छ । काठमाण्डौँ लगायतका जिल्लामा भने जापानबाट आएको खोप लगाउन सुरु गरिएको छ ।
यद्यपि सबै पालिकाहरुम सो खोप आउन सकेको छैन । कपिलवस्तुका ज्येष्ठ नागरिकले भने खोप कहिले आउने हो भनेर दिन कुरेर बसेका छन् । लामो समय दोश्रो डोज लगाउन नपाएको भन्दै काम गर्ने हो कि होइन भन्ने द्धिविधामा ज्येष्ठ नागरिक छन् । चिकित्सकहरुले भने ६ महिनासम्म दोेश्रो डोज लगाउँदा उपयोगी हुने बताउँछन् ।
बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले पनि एक हप्ताभित्र ज्येष्ठ नागरिकको खोप लगाउने काम सुरु हुने बताउनु भयो ।
कोभिशिल्ड लगाएर ३० हजार बढी ज्येष्ठ नागरिकले दोश्रो डोज पर्खिरहेका छन् । भेरोसेल खोप लगाउने कार्यक्रम अन्तरगतको पहिलो दिन सोमबार कपिलवस्तुमा ११ हजार ६ सय २५ जनाले खोप लगाएका छन् । आज र भोली पनि यो अभियान जारी हुने छ ।







प्रतिक्रिया