१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

चार वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ



गुल्मी ।
चार वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कालीगण्डकी गाउँपालिका–७ भुर्तुङका ३६ बर्षीय पुरुष पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

बालिकालाई स्वास्थ्य परीक्षण गरी राखिएको प्रहरीले बताएको छ। ती पुरुषलाई आइतबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने तयारी रहेको पाण्डेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  १२ : ३२ बजे