८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

स्याललाई हानेको बन्दुको छर्राले आफ्नै छोराको मृत्यु



बुटवल ।
पाल्पामा शुक्रबार साँझ बारीमा स्याल धपाउन एक ब्यक्तिले बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षिय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुको छर्रा आफ्ना ३५ वर्षिय छोरा धनबहादुर लम्तरीको टाउकोमा प्रहर भई उनको मृत्यु भएको हो ।

घरदेखि सय मिटर दुरीको मकै बारीमा आएको स्याललाई ताकेर भरुवा बन्दुक पड्काउने क्रममा अचानक आफ्नै छोराको टाउकोमा छर्रा लागेर मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । निज बाबुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको डिएसपी त्वातीले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  १२ : ४० बजे