१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

बाजुरामा भीरबाट लडेर एक पुरुषको मृत्यु




बाजुरा ।
बडीमालिका नगरपालिका–७ जिल्लीमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डितको मृत्यु भएको हो।

शनिबार बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टंकराज पण्डितले जानकारी दिए।

उनले दिएको जानकारीअनुसार बिहान ७ बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खोजी गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको पण्डितले बताए।

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  १ : ४५ बजे