काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकट खेपेका १४ हजारभन्दा बढी नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेका छन्। यो काममा आलटाल नगर्न पनि उनले सरकारलाई सुझाएका छन्।
अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख शहर तालिबान विद्रोहीले कब्जामा लिएको उल्लेख गर्दै नेता भट्टराईले ट्वीट गरेका छन्, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन सरकारले आलटाल, वहानावाजी गर्नुभएन।’
द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउने र जाने वातावरण देशले बनाउन नहुने उनको भनाइ छ। संकटग्रस्त क्षेत्रमा रहेको नेपालीको जीवनरक्षा गर्नु राज्यको दायित्व भएको डा.भट्टराईले उल्लेख गरेका छन्।
‘पहिलो त त्यस्ता द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो। गइसकेपछि तिनको जीवन रक्षा गर्नु राज्यको दायित्व हो। किन्तु परन्तु नहोस्’ भट्टराईले लेखेका छन्।
अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटालरवहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्







प्रतिक्रिया