बुटवल ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश समितिका सचिव जयसिंह केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्रको विषयमा पत्रकार महासघं लुम्बिनी प्रदेशले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासघं लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले आफूहरुले सरकारलाई संस्थागत रुपमा ज्ञापन पत्र बुझाउने कुनै औपचारिक निर्णय नभएको प्रष्ट पारे ।
उनले महासघका सचिव जयसिंह केसीको नाममा जारी भएको ‘ध्यानाकर्षणपत्र’ उनको नितान्त व्यक्तिगत भएको जानकारी दिँदै सरोकारवाला पक्ष सबैलाई भ्रममा नपर्न आग्रह गरे । खड्काले संस्थागत निर्णय विपरित संगठनलाई जोडेर यस्ता खालका क्रियाकलापहरु नगर्न सचिव केसीलाई सचेत गराएको जानकारी दिए । उनले महासंघको गरिमा र प्रतिष्ठामा आंच आउने कार्य हुन नदिने प्रतिवद्धता जाहेर गरे ।







प्रतिक्रिया