काठमाडौ ।
बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डिएसपी मधुसुदन न्यौपानेका अनुसार बर्दियाको बाँसगढी नगरपालिका वडा नं। ८ का २२ वर्षीय चेतन बोहरा र सोही ठाउँका २३ वर्षीय प्रवीण चौधरीको मृत्यु भएको छ।
डिएसपी न्यौपानेले दुर्घटनापछि उद्धार गरी दुबै जनालाई कोहलपुर मेडिकल कलेजमा पुर्याइएको थियो।
चौधरीको अस्पताल पुर्याउनासाथ र बोहराको साढे ९ बजेपछि उपचारका क्रममा मृत्यु भएको न्यौपानेले सेतोपाटीलाई बताए।
डिएसपी न्यौपानेका अनुसार बोहराले मोटरसाइकल चलाएका थिए भने चौधरी बीचमा एउटा बोका समातेर बसेका थिए।
प्रहरी स्रोतका अनुसार पूजाका लागि बोकासहित दाङतर्फ आउँदै गर्दा उनीहरू सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो।
पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं। १ गाभर भन्ने स्थानमा सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले पूर्वतर्फ आउँदै गरेको लु ६८ प १८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया